नेपालमा सार्वजनिक भयो ‘Infinix HOT 70 Pro’, मूल्य कति ?

लोकपथ
49
Shares

काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन HOT 70 Pro सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार HOT 70 Pro मा 5G कनेक्टिभिटी, 144Hz रिफ्रेस रेटको डिस्प्ले, 50MP Sony क्यामेरा र 6,000mAh ब्याट्रीलगायतका सुविधा छन्। कम्पनीले गेमिङ अनुभवलाई लक्षित गर्दै Free Fire सँग समेत सहकार्य गरेको जनाएको छ ।

HOT 70 Pro मा 6.76 इन्चको FHD+ IPS LCD डिस्प्ले रहेको छ। 1080 × 2344 पिक्सेल रिजोल्युसन र 144Hz रिफ्रेस रेटले भिडियो, गेमिङ तथा दैनिक प्रयोगमा स्मुथ अनुभव दिने कम्पनीको दाबी छ ।

फोनमा 6nm प्रविधिमा निर्मित MediaTek Dimensity 7100 5G चिपसेट प्रयोग गरिएको छ। यसमा 8GB RAM र 128GB तथा 256GB गरी दुई स्टोरेज विकल्प उपलब्ध छन् ।

क्यामेरातर्फ फोनमा 50MP Sony IMX882 मुख्य क्यामेरा र 8MP फ्रन्ट क्यामेरा दिइएको छ । त्यस्तै, 6,000mAh ब्याट्रीसँगै 45W फास्ट चार्जिङ, Bypass Charging र 10W Reverse Wired Charging सुविधा रहेको छ ।

HOT 70 Pro Android 16 मा आधारित XOS 16 मा चल्छ। कम्पनीका अनुसार फोनले तीनवटासम्म प्रमुख Android OS अपग्रेड पनि सपोर्ट गर्नेछ।

करिब 7.9mm पातलो बडी भएको फोनमा IP68 Dust & Water Resistance र MIL-STD durability certification रहेको कम्पनीले जनाएको छ ।

कति पर्छ मूल्य ?

HOT 70 Pro को 8GB + 128GB भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यस्तै, 8GB + 256GB भेरियन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ रहेको छ ।

फोन खरिदमा कम्पनीले १२ महिनाको ० प्रतिशत EMI सुविधा पनि ल्याएको छ। 8GB + 128GB भेरियन्टका लागि २१ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गरेपछि मासिक २ हजार ६५० रुपैयाँ किस्तामा खरिद गर्न सकिनेछ।

त्यस्तै, 8GB + 256GB भेरियन्टका लागि २२ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेपछि मासिक २ हजार ८५० रुपैयाँका दरले १२ महिनासम्म भुक्तानी गर्न सकिनेछ ।

EMI सुविधा Goodwill Finance Limited, Neofin Hire Purchase Pvt. Ltd. र MAW लगायतका सहभागी फाइनान्सिङ पार्टनरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

EMI का लागि ग्राहकले मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (NID) पेश गर्नुपर्नेछ । EMI स्वीकृति तथा अन्य नियम–सर्त सम्बन्धित फाइनान्सिङ पार्टनरको प्रक्रियाअनुसार लागू हुनेछन् ।

HOT 70 Pro नेपालभरका आधिकारिक Infinix स्टोर तथा विभिन्न स्मार्टफोन आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?