काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्कंदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन् ।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए । उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए ।
महासभाका क्रममा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया