काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीका लागि पर्यटन, बजेट उपलब्धि र आगामी रणनीतिबारे सेमिनार आयोजना गरेको छ ।
‘क्यापिटलाइजिङ अन टुरिजम : बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी इस्यु’ विषयमा आयोजित सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गरिएको थियो ।
कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गर्नुका साथै केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ ।
गण्डकी प्रदेशका पाँच जिल्लामा बैंकका १५ वटा शाखा सञ्चालनमा छन् । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले यसअघि वाग्मती, कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि यस्तै प्रकृतिका कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।
बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेविङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ लगायतका सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार हाल देशभर १७६ शाखा, १७७ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया