काठमाडौं । वर्षासँगै देशका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।
महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व–पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेलधुरालगायत जिल्लामा रहेका साना नदी तथा खोलामा बहाव बढ्ने जनाएको छ ।
यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुम पूर्व–पश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला र बैतडीलगायत जिल्लाका साना नदीमा पनि पानीको बहाव बढ्ने अनुमान छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठूला नदीमा पनि पानीको बहाव बढेको छ । आज बिहानको मापनअनुसार कोसी, नारायणी र तिनका सहायक नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि रहेको छ ।
त्यस्तै वाग्मती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीमा पानीको बहाव सतर्कता तह नजिक पुगेको छ । देशका अन्य नदीमा भने पानीको सतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया