एनपीएल सिजन ३ का लागि गल्फ र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण

लोकपथ
14
Shares

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्ससँगको साझेदारी नवीकरण गरेको छ ।

नयाँ साझेदारीसँगै गल्फ लुब्रिकेन्ट जनकपुर बोल्ट्सको अफिसियल लुब्रिकेन्ट पार्टनरका रूपमा रहनेछ । झम्सिखेलस्थित द प्लाजामा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता भएको हो ।

कार्यक्रममा जनकपुर बोल्ट्सको रङ र पहिचानमा तयार पारिएको गल्फ प्राइड ४ टी प्लस २० डब्लु–५० को सीमित संस्करणको प्याक पनि सार्वजनिक गरिएको छ । यो स्पेसल एडिसन असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साझेदारीलाई ‘गल्फ पावर्ड बोल्ट्स’ अभियानमार्फत अघि बढाइने भएको छ । अभियानमा क्रिकेटप्रेमी, उपभोक्ता, खुद्रा विक्रेता, मेकानिक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।

नेपाल ल्युब आयलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करण कुमार चौधरीले जनकपुर बोल्ट्ससँगको सहकार्य ब्रान्ड प्रचारमा मात्र सीमित नभएको बताए । उनले जनकपुर बोल्ट्स र मधेशसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ अभियान अघि बढाइएको बताए ।

यस्तै, जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले गल्फले टोलीको राम्रो र कठिन दुवै समयमा निरन्तर साथ दिएको बताए । उनले आगामी सिजनमा पनि यो सहकार्यलाई थप मजबुत बनाउने बताए ।

स्पेसल एडिसन प्याकको बिक्रीलाई लक्षित गर्दै गल्फले रिटेलर लिडरबोर्ड कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । अभियान अवधिमा उक्त प्याक सबैभन्दा धेरै बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गरिने कम्पनीले जनाएको छ ।

सिजन ३ को साझेदारीअन्तर्गत डिजिटल प्लेटफर्म, म्याच–डे गतिविधि तथा गल्फको बजार सञ्जालमार्फत विभिन्न उपभोक्तामुखी कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?