आधा किलो बढी सुनसहित विमानस्थल क्षेत्रबाट भारतीय नागरिक पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । प्रहरीले आधा किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो ।

कतारको दोहा हुँदै काठमाडौं आएका उनी ४२ वर्षीय मोहम्मद चेरा थोडी हुन् । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?