हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई उडान पुनः सुरु गर्ने

लोकपथ
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ ।

कम्पनीले आगामी असोज १२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान गर्ने जनाएको हो ।

सुरुवातमा सातामा दुईपटक उडान हुने कम्पनीले जनाएको छ । काठमाडौंबाट सांघाईका लागि सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार उडान हुनेछ ।

यात्रुको माग र चाप बढेमा आगामी दिनमा उडान संख्या थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?