सी जिनपिङलाई अमेरिकामा ट्रम्प दम्पतीको भव्य स्वागत, सीले भने– ‘चीन र अमेरिका प्रतिस्पर्धी होइन, साझेदार बन्नुपर्छ’

लोकपथ
14
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका सी बुधबार दिउँसो जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा ओर्लिएका हुन् ।

सीलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प विमानस्थलको रनवेसम्मै पुगेका थिए । सी र उनकी पत्नी पेङ लियुआनलाई ट्रम्प दम्पतीले स्वागत गरे ।

स्वागत समारोहमा अमेरिकी बालबालिकाले सी दम्पतीलाई फूल दिएका थिए । रातो कार्पेटको दुवै किनारमा उभिएका गार्ड अफ अनरले सलामी दिएका थिए ।

समारोहमा २१ वटा गन स्यालुट, चीन र अमेरिकाका राष्ट्रियगान तथा अमेरिकी सेनाको विमानबाट फ्लाईओभर प्रदर्शन गरिएको थियो ।

विमानस्थलमा सीले चिनियाँ जनताको तर्फबाट अमेरिकी जनतालाई शुभकामना दिएका थिए । उनले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्ने बताए ।

सीले चीन र अमेरिकाले एकअर्काको सफलतामा सहयोग गर्दै विश्वको हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले दुई देशबीचको सम्बन्धलाई रचनात्मक र स्थिर बनाउनुपर्ने पनि बताए ।

सीको भ्रमणका क्रममा चीन–अमेरिका सम्बन्ध तथा विश्वका विभिन्न विषयमा दुई देशबीच छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?