बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

लोकपथ
35
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ निक्षेपका रूपमा तान्ने भएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत एक महिनाका लागि बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । यसका लागि आज असोज ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल हुनेछ ।

यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । बैंकहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक ९ गते भुक्तानी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?