एकैदिन ३ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो ?

लोकपथ
98
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३२ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?