काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
नयाँ कानुनले रुसबाट तेल र प्राकृतिक ग्यास खरिद गर्ने पाँच ठूला देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिएको छ । रुसका प्रमुख ऊर्जा खरिदकर्ता भारत र चीन पनि यसमा समावेश छन् ।
तर, भारत र चीनमाथि तत्काल १०० प्रतिशत ट्यारिफ लागू हुने छैन । कानुनले अमेरिकी राष्ट्रपतिलाई आवश्यकताअनुसार यस्तो ट्यारिफ लगाउन सक्ने अधिकार मात्र दिएको हो ।
अमेरिकी संसद्ले यसअघि नै विधेयक पारित गरिसकेको थियो । ‘लिन्डसे ओ ग्रहम स्यांक्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नाम दिइएको यो विधेयक दिवंगत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको नाममा राखिएको हो ।
विधेयकमा रुसबाट आफ्नो आवश्यकताको १५ प्रतिशतभन्दा कम प्राकृतिक ग्यास आयात गर्ने र रुसमाथिको निर्भरता घटाउन काम गरिरहेका देशलाई छुट दिने व्यवस्था गरिएको छ ।
त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सरकारका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउन सकिने प्रावधान पनि विधेयकमा छ ।
रुसले यसअघि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गर्दै आएको ‘स्याडो फ्लीट’का जहाजमाथि पनि नयाँ प्रतिबन्ध लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया