एकैदिन २ हजार ३ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
147
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २३ सयले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलाको ६० रूपैयाँले घटेर ४ हजार ६३५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?