काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ बजेर ३५ मिनेटको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यस्तो छ भ्रमण तालिका
बिहीबार
–५ः००–बजेः भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।
शुक्रबार
–बिहान ९ बजेः पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
–५ः०० बजेः भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।
–७ः३० बजेः भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत भेटघाट कार्यक्रममा सहभागी ।
शनिबार
–९ः३० बजेः भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
–११ः३० बजेः दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
–साँझ ४ बजे नेपाल फिर्ता ।
भ्रमण टोलीका सदस्यहरु
सहसचिवः अमृत लम्साल–अर्थ मन्त्रालय
सहसचिवः गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय
उपनियोग प्रमुख : डा.सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली
इकोनोमिक्स मिनिस्टरः तारानाथ अधिकारी, नेपाली राजदूताबास नयाँदिल्ली
उपसचिवः कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया