काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१९ अंकले घटेको छ । योसँगै नेप्से २६१२.४२ विन्दुमा झरेर बन्द भएको छ ।
आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सबै १३ उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा र जलविद्युत् समूहको परिसूचकमा तुलनात्मक रूपमा बढी गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ६।३७ प्रतिशत कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५।३१ प्रतिशत तथा माउन्ट एभरेस्टका लगानीकर्ताले ४.३८ प्रतिशतले कमाएका छन् ।
यता एनएमबी हाइब्रिड फन्ड–२ का इकाइधनीले सर्वाधिक गुमाएका छन् । उक्त फन्डको इकाइ मूल्य ७.७३ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया