काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बनाउन नहुने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले असाधारण प्राकृतिक विपत्तिका कारण नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्न नहुने बताएका हुन् ।
उनले हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने खालका असाधारण प्राकृतिक घटनालाई आधार बनाएर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदा आयोजना आर्थिक रूपमा अव्यावहारिक हुन सक्ने बताए ।
घिसिङले भने, ‘हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यावहारिक हुन सक्छन् ।
यद्यपि, जलविद्युत् आयोजना निर्माण गर्दा सुरक्षालाई भने बेवास्ता गर्न नहुनेमा उनले जोड दिए । सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राखेर पर्याप्त सुरक्षा मापदण्ड र उचित ‘सेफ्टी मार्जिन’ राखेर आयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
प्राकृतिक विपत्तिका कारण लगानी निरुत्साहित गर्नुभन्दा जोखिमको वैज्ञानिक मूल्यांकन गरी सुरक्षित, व्यावहारिक र आर्थिक रूपमा सम्भव हुने गरी जलविद्युत् आयोजना विकास गर्नुपर्ने घिसिङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया