काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार उक्त रकम गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी (करारसहित) का तर्फबाट सहयोग गरिएको हो । रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, त्रिशूली, नुवाकोट, धादिङलगायतका क्षेत्र प्रभावित भएका थिए । बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ ।
सरकारको आह्वानपछि विभिन्न व्यक्ति, संघसंस्था तथा निजी क्षेत्रबाट कोषमा सहयोग रकम जम्मा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया