माथिल्लो त्रिशूली ‘थ्री ए’ मा नयाँ आशा : भित्रबाट धेरै मानिसको आवाज आयो

लोकपथ
280
Shares

काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएकाहरुको उद्धारका लागि प्रयास जारी रहेको छ ।

बाढीपछि थुनिएको सुरुङको भित्री भागबाट एक भन्दा बढी व्यक्तिहरुको आवाज भित्रबाट आएसँगै केही आशाको सञ्चार चएको छ ।

उद्धार कार्यमा निरन्तर रहेका रास्वपा सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले भित्रबाट एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरे । उनका अनुसार बाहिरबाट ‘नआत्तिनुस् हामी उद्धार गर्दैछौँ’ भन्ने आवाज पठाएको र भित्रबाट ‘हुन्छ’ भन्ने आवाज आएको सांसद न्यौपानेले बताए ।

‘माथिल्लो त्रिशूली ए मा उद्दार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भनेका छन् ।

रसुवा बाढीको १० दिन बितिसक्दा पनि अझै जलविद्युत आयोजनाको थुनिएको सुरुङ खोल्न सकिएको छैन । यद्यपि नेपाली सेनाले निरन्तर प्रयास जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?