रास्वपाले विपद्पछिको खोज, उद्धार र राहतमा सरकारलाई सहयोग गर्ने

भोटेकोसी बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राकृतिक विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका काममा सरकारको क्षमता बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताए ।

बैठकमा राहत वितरणलाई प्रभावकारी र तीव्र बनाउन ७२ घण्टाभित्र राहत सामग्री पीडितसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिइएको उनले जानकारी दिए । संकलन भएका राहत सामग्री ढिला नगरी कम्तीमा ७२ घण्टाभित्र प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ ।

बुर्लाकोटीका अनुसार सरकारी संयन्त्रले मात्रै सबै प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिन हुने भएकाले सक्षम संघसंस्थाले प्रत्यक्ष रूपमा राहत वितरण गर्न सक्छन् । तर वितरणको क्षमता नभएका संघसंस्थाले राहत सामग्री सरकारी संकलन केन्द्रमा हस्तान्तरण गर्नुपर्ने र सरकारले त्यसको समुचित वितरण गर्ने उनले बताए ।

सरकार र पार्टीबीचको समन्वयबारे उनले प्रधानमन्त्रीका सल्लाहकारसमेत पार्टीको सचिवालयमा रहेकाले राहत, उद्धार तथा पुनर्स्थापनाका विषयमा आवश्यक तयारी र समन्वय भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?