माथिल्लो त्रिशूली थ्री एबाट एकजनाको सकुशल उद्धार

लोकपथ
0
Shares

काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए बाट एकजनाको सकुशल उद्धार गरिएको छ ।

नेपाली सेनाको टोलीले सञ्जय साहको सकुशल उद्धार गरेको हो । अन्यको उद्धार कार्य जारी रहेको छ ।

अर्को एक जना पनि सकुशल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए ।

नेपाली सेनाको टोलीले निरन्तर क्षेत्र क्षेत्रमा खोजी जारी राखेको छ । आज बिहान मात्रै टनेलभित्रबाट धेरै मानिसहरुको आवाज आएको थियो । त्यसपछि थप उद्धारका लागि पहल गरिएको थियो ।

उक्त आयोजनाका धेरै मानिसहरु सम्पर्कविहीन रहेको तथ्यांक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?