उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए १० लाख राहत

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुविधा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

उद्धारका क्रममा घाइते भएमा उनीहरूको निःशुल्क उपचार गरिनेछ । यस्तै, उद्धार कार्यमा खटिएकै क्रममा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा ठूलो संख्यामा सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?