कागजात गुमाए पनि केवाईसीका आधारमा बाढीपीडितलाई बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

लोकपथ
77
Shares

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चेक, बैंक कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विपद् प्रभावित ग्राहकको बैंकिङ सेवा नरोक्न निर्देशन दिएको हो ।

परिपत्रअनुसार ग्राहकले आवश्यक कागजात गुमाएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान पुष्टि गर्नुपर्नेछ ।

ग्राहकको पहिचान बैंकमा रहेको केवाईसी विवरणसँग भिडाएर पुष्टि भएपछि तत्काल वित्तीय सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात र विद्युतीय माध्यम गुमाएका ग्राहकलाई दैनिक वित्तीय कारोबारमा समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विपद्को अवस्थामा वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग तथा सहजीकरणको व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?