काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
सोही बैठकमा प्रधानमन्त्री शाहले बाढीपछिको अवस्था र सरकारका कामकारबाहीबारे आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
बाढीपछि प्रधानमन्त्री शाहले अहिलेसम्म राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत र पुनर्निर्माणका कामबारे जानकारी दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया