काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीमा परी हालसम्म १ हजार १ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै बेपत्ता छन् ।
बाढीका कारण हजारौँ परिवार घरबारविहीन भएका छन् । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम जारी छ । सोही क्रममा कतार सरकारले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री नेपाल पठाएको हो ।
राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने विभिन्न अत्यावश्यक वस्तुहरू रहेका छन् ।
नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले उक्त राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।
कतार सरकारले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको सहयोगका लागि मानवीय सहायता उपलब्ध गराएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया