अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

लोकपथ
28
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि उपलब्ध गराएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ ।

अमेरिकी दूतावासका अनुसार राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्तीलगायतका सामग्री छन् । यी सामग्री बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत २ हजार ६ सय परिवारलाई सहयोगस्वरूप वितरण गरिनेछ ।

दूतावासले नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?