तीनवटै सुरक्षा निकायको प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री बालेन

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न संकटबारे सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री बालेनले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएको खोज तथा उद्धार, राहत र व्यवस्थापनबारे जानकारी लिएका छन् ।

अब उनले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धारबारे जानकारी लिनेछन् ।

त्यस्तै, आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि बाढीको अवस्था र उद्धार कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?