भोटेकोशी बाढीबाट पाँच जिल्लाका ४९ वडा प्रभावित [सूचीसहित]

लोकपथ
21
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाईंकुण्ड, आमाछोदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । उत्तरगया गाउँपालिकाका सबै पाँच वडा बाढीबाट प्रभावित भएका छन् ।

त्यस्तै, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढीका ११ वटा वडा प्रभावित भएका छन् ।

धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेकका १८ वटा वडा प्रभावित भएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका पाँच वडा र तनहुँका देवघाट तथा आँबुखैरिनीका चार वडा पनि प्रभावित भएका छन् ।

सरकारले पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?