अर्थ मन्त्रालयले थाल्यो एकद्वार प्रणालीमार्फत राहत संकलन

लोकपथ
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले भोटेकोसी नदीको बाढीबाट प्रभावितका लागि राहत संकलन र समन्वय गर्न एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने व्यक्ति, निजी क्षेत्र, दातृ निकाय र अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको छ ।

राहत संकलनलाई व्यवस्थित बनाउन मन्त्रालयले विभिन्न सम्पर्क व्यक्ति तोकेको छ । अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

त्यस्तै, निजी क्षेत्र तथा सहयोग गर्न चाहने व्यक्तिका लागि अर्थमन्त्रीको सचिवालयका प्रमुख स्वकीय सचिव नवीन ढुंगाना, निजी सचिव कञ्चन बस्नेत, स्वकीय सचिव खोमनाथ अधिकारी र शाखा अधिकृत माधव भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले राहत सहयोग गर्न इच्छुक सबैलाई तोकिएका अधिकारीसँग सम्पर्क गरी सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?