काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
त्यस्तै, खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका सामग्री पनि उपलब्ध गराएको छ । बैंकले ५ वटा एआई जडित निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा पठाएको छ ।
हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको सुरक्षित खोजी तथा उद्धारको कामना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया