काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीका कारण धेरैको ज्यान गएको छ भने केही अझै बेपत्ता छन् । सयौँ परिवार घरबारविहीन भएका छन् ।
बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न र बसोबासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा प्रयोग गर्न सहयोग पुग्नेछ ।
बैंकले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि भूकम्प, महामारीलगायतका विपद्का समयमा आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया