पहिलेभन्दा बढी शक्तिशाली बन्दै नेपाल भित्रियो सुजुकीको ‘न्यू ब्रेजा’, के-के छन् नयाँ फिचर ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ एसयूभी सार्वजनिक गरेको छ ।

नयाँ ब्रेजामा नयाँ डिजाइन, शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र सुरक्षा फिचर थप गरिएको कम्पनीले जनाएको छ । यो पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन सहित नेपाली बजारमा आएको हो ।

टर्बो बुस्टरजेट इन्जिनले ५,५०० आरपीएममा ८१ किलोवाट शक्ति र २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । यसले सहरदेखि राजमार्गसम्म सहज ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।

न्यू ब्रेजामा स्मार्ट हाइब्रिड प्रविधिसहितको के-१५ सी ड्युअल जेट, ड्युअल भीभीटी इन्जिन पनि उपलब्ध छ । यसमा ६–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।

गाडीको बाहिरी डिजाइनमा नयाँ ग्रिल, बुल बार, स्किड प्लेट, साइड क्ल्याडिङ र नयाँ अलोय ह्विल राखिएको छ । भित्र गाढा खैरो र कालो ड्युअल–टोन इन्टेरियर, लेदरेट सिट, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस स्मार्टफोन चार्जर जस्ता सुविधा छन् ।

न्यू ब्रेजामा १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, प्रिमियम स्पिकर तथा ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ ।

सुरक्षातर्फ ब्लाइन्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल, एक्जिट सपोर्ट वार्निङ र ३६० डिग्री क्यामेरा दिइएको छ । कम्पनीका अनुसार नयाँ ब्रेजाले भारत एनसीएपबाट वयस्क र बालबालिका दुवैको सुरक्षामा ५–स्टार रेटिङ पाएको छ ।

न्यू ब्रेजा भदौ ९ देखि १४ गते (२५–३० अगस्ट २०२६) सम्म आयोजना हुने नाडा अटो शोमा सुजुकीको प्याभिलियनमा प्रदर्शन गरिनेछ । त्यहाँ ग्राहकले गाडी हेर्नुका साथै टेस्ट ड्राइभसमेत बुक गर्न सक्नेछन् ।

गाडी भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङमा पनि उपलब्ध हुनेछ । यसबाहेक अन्य विभिन्न रङ तथा ड्युअल–टोन विकल्पमा पनि ब्रेजा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?