नेपालमा ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल प्रतियोगिता हुँदै

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पब्जी मोबाइलको राष्ट्रियस्तरको प्रतियोगिता ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना हुने भएको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दै गएको ई–स्पोर्ट्सको लोकप्रियतालाई ध्यानमा राख्दै प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता ‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको आयोजकले जनाएको छ । यसले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने टोली र खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अघि बढ्ने अवसर पाउने आयोजकको विश्वास छ । नेपाली टोलीबीच हुने प्रतिस्पर्धाका कारण ग्रान्ड फाइनललाई ई–स्पोर्ट्सप्रेमीले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । कम्पनीले पछिल्लो समय क्रिकेटलगायत विभिन्न खेलसँग पनि सहकार्य गर्दै आएको छ ।

आयोजकका अनुसार यो प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स र पब्जी मोबाइलको प्रतिस्पर्धात्मक गतिविधिलाई थप विस्तार गर्न सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?