तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा 

लोकपथ
21
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

कार्यालयले विभिन्न सरकारी निकायबाट आएको सिफारिस र कागजात अध्ययन गरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार यस्तो निर्णय गरेको हो ।

कालोसूचीमा पर्नेमा बैतडीको केदारस्युँ–२ स्थित नमाडे निर्माण सेवा, नुवाकोटको सूर्यगढी–३ स्थित बागेश्वरी–रामछाप–सन्तोषी जे।भी। र ललितपुरको बागडोल–५ स्थित रमन–ओम–सुगम जे.भी रहेका छन् ।

यी तीनवटै कम्पनी तथा व्यवसायीले अब तीन वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । कालोसूचीमा परेको अवधिभर उनीहरूले सरकारी तथा अन्य सार्वजनिक निकायबाट हुने खरिदसम्बन्धी काममा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिदमा तोकिएको जिम्मेवारी पूरा नगर्ने वा खरिदसम्बन्धी कानुन उल्लंघन गर्ने व्यवसायीलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?