काठमाडौं । सामसङ नेपालले ग्राहकले प्रयोग नगरेका पुराना मोबाइल तथा विद्युतीय उपकरणलाई पुनः प्रयोगमा ल्याउने योजना अघि सारेको छ ।
कम्पनीले नयाँ मोबाइल खरिद गर्दा ग्राहकबाट ट्रेड–इनमार्फत पुराना फोन संकलन गर्नेछ । संकलन भएका फोनको अवस्था जाँच गरी पुनः प्रयोग गर्न मिल्ने उपकरणलाई फेरि प्रयोगमा ल्याइनेछ ।
सामसङका अनुसार ट्रेड–इनबाट प्राप्त उपकरणको परीक्षण र मूल्यांकन एप्कुडो तथा स्थानीय साझेदारको सहकार्यमा गरिनेछ । प्रयोग गर्न नमिल्ने उपकरणलाई भने वातावरणीय मापदण्डअनुसार व्यवस्थापन गरिनेछ ।
यसबाट मोबाइल तथा अन्य विद्युतीय उपकरणबाट निस्कने ई–वेस्ट कम गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ । पुराना मोबाइल फाल्नुको सट्टा पुनः प्रयोग वा पुनःचक्रण गर्दा उपकरणको उपयोग अवधि पनि बढ्ने कम्पनीको भनाइ छ ।
सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजसँगै ट्रेड–इन योजना पनि ल्याएको छ । ग्राहकले पुरानो फोनको मूल्यांकनका आधारमा नयाँ फोन खरिद गर्दा खर्च कम गर्न सक्नेछन् ।
कम्पनीका अनुसार एक्सचेन्ज बोनसअन्तर्गत ग्राहकले १५ हजार रुपैयाँसम्म अतिरिक्त लाभ पाउन सक्नेछन् ।
यसले ग्राहकलाई नयाँ फोन खरिद गर्न सहज बनाउनुका साथै पुराना उपकरणको उचित व्यवस्थापनमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया