काठमाडौं । कोलोम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।
राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पमा परी ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४ सय ९६ जना अझै बेपत्ता छन् ।
भूकम्पबाट ५३ हजारभन्दा बढी मानिस प्रभावित भएको राष्ट्रपतिले जानकारी दिएका छन् । प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकारले मुलुकमा ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ ।
राष्ट्रपति दे ला एस्पिएलाका अनुसार अहिले सरकारको सम्पूर्ण ध्यान र राज्य संयन्त्र बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारमा केन्द्रित गरिएको छ ।
सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने, घाइतेहरूको उपचार तथा बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया