काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् ।
उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै अत्यधिक गुनासो गरेपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।
मन्त्री यादवको सचिवालयका अनुसार बजारमा ग्यासको उपलब्धताका विषयमा उपभोक्ताबाट लगातार गुनासो आएपछि उद्योगको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको उत्पादन, आपूर्ति तथा बजारमा वितरणको अवस्थाबारे जानकारी लिएकी छन् । उनले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा आवश्यक समन्वय र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएकी छन् ।
सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन अनुगमन तथा नियमनलाई तीव्रता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया