काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ र फिडर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।
प्राधिकरणका अनुसार साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकू, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवतीलगायत आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यसैगरी, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेजलगायत क्षेत्रमा शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
यस्तै, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्याडिसन होटेल, लाजिम्पाट मेन रोडलगायत आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले तोकिएको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा पनि समयभन्दा पहिल्यै सुचारु गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया