काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेनजी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे ।
उनले जेनजी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएपनि परिस्थिति अनुकूल नभएको बताए । यद्यपि जेनजी शहीदका परिवार र जेनजी पुस्ताका मागहरु पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले जेनजी आन्दोलनलाई लिएर राजनीति गरिरहेका जेनजी अगुवाप्रति आपत्ति पनि जनाए ।
उनले भने, ‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन । कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ । कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ । यो अवधिमा हरेक चोटि केही न केही त भएको छ । मैले कामै राम्रोसँग गर्न पाएको छैन । जेनजीको सम्बन्धमा गर्नुपर्ने कयौँ योजना र कामहरु छन् जुन मैले बनाउनुपर्नेछ । तर हरेक नागरिक मेरो ढोकामा आएर आँशु झर्दै गर्दा त्यो उहाँहरुको माग सम्बोधन गर्ने कुरा पनि मेरो कर्तव्य त हो नि । त्यही गर्नको लागि त जिताएर पठाउनुभएको हो हजुरले हामीलाई । त्यो जिम्मेवारी पनि सम्हाल्नु छ, जेनजी नेता जेनजी पुस्ताको सुनेन भनेर पनि धिक्कार्लान् । सदनमा बोल्दै गर्दाखेरी जहिले पनि म मनको कुरा मात्रै बोल्छु । केही भूमिका बाँध्दिन, मन पनि पर्दैन ।’
उनले पछिल्लो समय राजनीति गरिरहेका जेनजी प्रतिनिधिहरुको नियत ठिक नरहेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया