नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

लोकपथ
21
Shares

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

साह यसअघि पनि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । यसअघि चण्डिका भट्ट कार्यकारी निर्देशक थिए। सरकारले अघिल्लो नियुक्तिहरू बदर गरेपछि उनी पदमुक्त भएका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ कार्यकारी निर्देशक छनोट गरेको हो ।

यस पदका लागि नागेन्द्र साहसँगै कौशल केसी र सञ्जीवकुमार देव पनि प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धीलाई पछि पार्दै साह कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?