सस्तो होइन ‘सही छनोट’ रोज्दै उपभोक्ता, २८ स्थानबाट सेवा दिँदै ‘सिजी डिजिटल’

लोकपथ
0
Shares

काठमाडौं । पहिले अधिकांश नेपालीले घरायसी विद्युतीय सामान किन्दा सस्तो मूल्यलाई प्राथमिकता दिन्थे । तर अहिले ग्राहकले मूल्यसँगै गुणस्तर, बिजुली बचत, वारेन्टी, बिक्रीपछिको सेवा र आफ्नो आवश्यकताअनुसारको सामान रोज्न थालेका छन् ।

यही परिवर्तनलाई ध्यानमा राख्दै सिजी डिजिटलले आफ्ना २८ वटा शोरुममार्फत ग्राहकलाई एउटै स्थानमा विभिन्न ब्रान्डका सामान तुलना गर्ने, प्रत्यक्ष हेर्ने र आवश्यक परामर्श लिने सुविधा दिएको जनाएको छ । कम्पनीका अनुसार शोरुम अहिले केवल सामान बेच्ने ठाउँ मात्र नभई सही उत्पादन छनोट गर्न सहयोग गर्ने केन्द्र बनेका छन् ।

सिजी डिजिटलमा टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, वाटर प्युरिफायर, मोबाइल तथा अन्य घरायसी विद्युतीय सामग्री उपलब्ध छन् । यहाँ एलजी, सिजी, टीसीएल, गोडरेज, मिडिया, क्रम्पटन, बेको, केन्ट, मोटोरोला, नथिङलगायत विभिन्न ब्रान्डका उत्पादन बिक्री हुँदै आएका छन् ।

कम्पनीका अनुसार ग्राहकले एउटै ठाउँमा विभिन्न ब्रान्डका मूल्य, क्षमता, डिजाइन, बिजुली खपत, प्रविधि र वारेन्टी तुलना गरेर आफ्नो बजेट र आवश्यकताअनुसार सामान छनोट गर्न सक्छन् ।

सिजी डिजिटलले दिएको उदाहरणअनुसार नयाँ घरमा सरेको चार सदस्यीय परिवारले सुरुमा सस्तो सामान खोजेको थियो । तर शोरुममा परामर्श लिएपछि परिवारको आवश्यकता र भविष्यलाई ध्यानमा राखेर उपयुक्त रेफ्रिजरेटर र वासिङ मेसिन छनोट गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिएको जनाएको छ । ग्राहकले उत्पादन जडान, वारेन्टी दर्ता, सेवा अनुरोध, सेवा केन्द्रको जानकारी र मर्मतको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। लागू सर्तअनुसार आधिकारिक सेवा केन्द्रमार्फत वारेन्टी अवधिभित्र मर्मत सेवा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?