अब काठमाडौंका होटल र रेष्टुरेन्टमा हुक्का र चुरोटमा कडाइ

लोकपथ
665
Shares
धुम्रापान स्वास्थ्यका लागि हानिकारक छ ।

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंका होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट सेवनमा कडाइ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट सेवनमा कडाइ गरेको हो ।

होटल तथा रेष्टुरेन्टमा हुक्का र चुरोट जस्ता पदार्थहरुको सेवन अव्यवस्थित भएको गुनासोपछि प्रशासनले कदम चालेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले होटल तथा रेष्टुरेन्टमा चुरोट र हुक्का सेवन गर्दा सेवन नगर्नेहरुलाई असर गरेको गुनासोपछि नयाँ कदम चालिएको बताए ।

काठमाडौंभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा अनिवार्य रुपमा चुरोट तथा धुमपानका लागि छुट्टै स्थान छुट्याउन भनिएको छ । यदी त्यसो गरेको नपाइएमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन ऐन) २०६८ बमोजिम कारबाही गरिने समेत बताइएको छ ।

यस जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट देखिने गरी एवं धुम्रपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरी अन्य कोही कसैलाई त्यसको असर नपर्ने गरी मात्र होटल तथा रेष्टुरेन्टहरू व्यवस्थित गर्नुहुन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ,’ रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा सोही ऐनको दफा १७ बमोजिम अधिकतम कारबाही हुने व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई सूचित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?