काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै पुराना (सेकन्ड–ह्यान्ड) विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।
बैंकले ‘सेकन्ड–ह्यान्ड ईभी कर्जा’ योजनामार्फत ग्राहकलाई पुराना चारपाङ्ग्रे विद्युतीय सवारी खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने जनाएको छ ।
दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले यस योजनाले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई थप सहज, किफायती र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरेको छ ।
बैंकका अनुसार उक्त कर्जा सुविधा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपलब्ध हुनेछ । ग्राहकले देशभर रहेका एनएमबि बैंकका शाखा कार्यालय वा बैंकका डिजिटल माध्यममार्फत सहज रूपमा कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्राहकको आवश्यकता अनुरूप नवीन तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुसार यो योजना ल्याइएको बैंकले जनाएको छ ।
हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८७ एटीएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया