काठमाडौं । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा मारिने नेपालीको परिचय खुलेको छ । कुबेतस्थित नेपाली दूतावासले गत ३० जुलाईमा कुबेतमा भएको ड्रोन आक्रमणमा परी मृत्यु भएका व्यक्ति तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको जनाएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै सवारी चालकका रुपमा कार्यरत उनको मृत्यु भएको जनाएको हो । यद्यपि, उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।
तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउनेलगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाइने दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया