काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानका लागि वार्ता समिति गठन गरेका छन् ।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् । अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन् ।
अर्थमन्त्री वाग्लेले समितिलाई बिहीबारदेखि नै आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।
यसैबीच, वार्ता समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्ने तय भएको छ। बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग सोही दिनदेखि औपचारिक वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया