बाढी–पहिरो बढेपछि कुन राजमार्गमा लगाइयो सवारी रोक ?

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडकहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खसेपछि कान्ति लोकपथ आज बिहान ५स्३५ बजेदेखि पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक) पनि लगातारको वर्षाका कारण बन्द भएको छ । त्यहाँ वैकल्पिक बाटो भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।

भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्ड (बिपी राजमार्ग) मा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइनेछ ।

यस्तै, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीले वर्षाका बेला सडकको अवस्था बिग्रन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा ट्राफिक कार्यालयसँग जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?