काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया