काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो दुई लाख ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ५ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ४ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया