कविता : आडम्बरी समाज फेर्ने मसिहा को बन्दछ ?

लोकपथ
2.7k
Shares

कोइराला भेषराज

यहाँ जल्नेहरू जलिरहन्छ, चल्नेहरूको शासन चलिरहन्छ,
जल्नेहरूको आत्मा मरिरहन्छ, स्वार्थको आगो ताप्नेहरू बढिरहन्छ ।

कोही राजनीतिको रोटी सेक्छ, कोही मानवताको बाटो छेक्छ,
कोही घाउमा मलम बन्दछ, कोही घाउमा जलन बन्दछ ।

यहाँ, स्वार्थको रोटी सेक्नेले (जल्नेको) पीडाकै व्यापार चलाउँछ,
खाटा बसेको घाउलाई कोट्याइकोट्याइ क्यान्सर नै तुल्याउँछ ।
यसै गरी गरी जल्नेलाई पटकपटक जलाउँछ,
सुक्को सहयोग नगरे पनि दानवीर कहलाउँछ ।

ज्यूँदो जाग्दो हुँदामा समाजबाटै भगाउँछ,
अनेकथरिका आरोप निर्लज्ज भैकन लाउँछ ।

सहयोगको बदलामा घृणामात्र फैलाउँछ,
मरेको लासमा हेर गोहीको आँसु चुहाउछ ।

मरेपश्चात् लास (ब्यक्ति) को महिमा अति गाउँछ,
घृणाकै खेती गर्नेले लासमा फूल चढाउँछ ।

यस्तो यस्तै कारणले समाज नै लास बन्दछ,
यस्तो आडम्बरी समाज फेर्ने मसिहा को बन्दछ ?

यसअघि प्रकाशित यी कविताहरु…

कविता : …तर खै दुई तिहाइ के हेरि बस्छ ?

कविता : ए सरकार तेरो सुशासनको ‘लेन मोड’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?