कविता : …तर खै दुई तिहाइ के हेरि बस्छ ?

लोकपथ
14
Shares

कोइराला भेषराज

पार्टी र प्रभुको भक्तिमा संस्था जसले मार्छ
फेरि उही महात्मा बनि अर्ती र उपदेश छाँट्छ ।
यी सबै देखेर पनि संस्था आफैँमा निरिह बन्छ
तर पनि खै ? यस्ता ढोगीहरुको कुकर्ममा दुई तिहाइ के हेरि बस्छ ?

सुध्रन पर्ने उ आफैँ हो, अरुलाई सुध्रनै पर्छ भन्छ,
निर्लज्ज भैकन अरुलाई अबुझ मान्छ
दुर्गधिन्त भएर पनि आफूलाई ओजस्वी ठान्छ,
तर पनि खै ? यस्ता ढोगीहरुको कुकर्ममा दुई तिहाइ के हेरि बस्छ ?

मन्त्र स्वतन्त्रताको जपे पनि हित मालिककै हेर्छ,
दुर्गन्धित बनेर अत्तरको धाक आफैँ पो लाउँछ ।
यस्ता दुष्टहरुको दुश्चक्रमा परिवर्तन कसरी पो टिक्छ ?
तर पनि खै ? यस्ता ढोगीहरुको कुकर्ममा दुई तिहाइ के हेरि बस्छ ?

सामान्य मर्मत नहुँदा दुई तिहाइकै हुर्मत लिन सक्छ,
सिटामोलले मात्र हुने भए एन्टिवायोटिक किन बिक्छ ?
खिल होइन है क्यान्सरै भाछ, उपचार ढिलो हुन सक्छ,
तर पनि खै ? यस्ता ढोगीहरुको कुकर्ममा दुई तिहाइ के हेरि बस्छ ?

कोइराला भेषराजका यसअघि लोकपथमा प्रकाशित कविताहरु पढ्नुभयो ?

कविता : खलनायक माथि छ

बस् ‘आदर्श’ कतै नजाओस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?