काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रोम) ले इरानमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ ।
सेन्ट्रोमका अनुसार आइतबार स्थानीय समयअनुसार साँझ ५ बजेदेखि थप हवाई कारबाही सुरु गरिएको हो । अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आक्रमणको पुष्टि गरेको हो ।
अमेरिकी सेनाले हर्मोज जलडमरू हुँदै यात्रा गर्ने व्यावसायिक जहाज र गैरसैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले यो कारबाही गरिएको जनाएको छ ।
सेन्ट्रोमको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूको सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्न तथा व्यावसायिक जहाज र नाविकहरूमाथि हुने आक्रमणलाई रोक्न लक्षित प्रहार गरिएको उल्लेख छ ।
अमेरिकी सेनाका अनुसार इरानको सैन्य क्षमतालाई क्रमिक रूपमा कमजोर बनाउने उद्देश्यले यस्ता लक्षित कारबाहीलाई निरन्तरता दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया