काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता अली खामेनीको मृत्यु भएको चार महिनापछि शुक्रबार उनको अन्त्येष्टि सम्पन्न भएको छ ।
राष्ट्रिय झण्डाले बेरिएको खामेनीको शवपेटिका पूर्वी इरानको मशहदस्थित इमाम रेजा दरगाहमा लगिएको थियो । त्यहाँ हजारौँ समर्थक भेला भएर प्रार्थना गर्दै उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
खामेनीको पार्थिव शरीरलाई इमाम रेजा दरगाहको स्मृति हलमा अन्त्येष्टि गरिएको हो ।अन्त्येष्टिअघि इरानभर एक सातासम्म खामेनीको सम्झनामा शवयात्रा, श्रद्धाञ्जली सभा र शोक र्याली आयोजना गरिएको थियो । ती कार्यक्रममा ठूलो संख्यामा समर्थक सहभागी भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया